काठमाडौँ, ८ साउन । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएको छ ।
आइतबार नेपाल आइपुगेको चीनको कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्युरोका सदस्य युयान च्या च्युन नेतृत्वकोे टोलीले पूर्व प्रधानमन्त्री देउवासँग दिउँसो साढे २ बजे देउवा निवासमा भेटवार्ताका लागि समय लिएको छ ।
त्यसैगरी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भने चिनियाँ टोलीले मङ्गलवार बिहान भेटवार्ता गर्ने तय गरेको छ ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको थियो । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भिडिओ वार्ता गरेको थियो ।
आज दिउँसो २ बजे नै होटल मेरियटामा हुने कार्यक्रममा सहभागी हुने चिनियाँ टोली भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्ने बुझिएको छ ।