सरोज खनालले बल्ल भेटे ‘सान्नानी’ | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

सरोज खनालले बल्ल भेटे ‘सान्नानी’

काठमाडौं, ८ साउन । अभिनेता तथा निर्देशक सरोज खनालले ३० बर्ष पछाडी सान्नानी भेटे । पहिलो पटक निर्देशन गरेको ‘बगान’ चलचित्रको प्रमोशनको क्रममा रहेका खनालले २०५० सालमा निमार्ण भएको ‘सान्नानी’को नायिकालाई ३० वर्षपछि भेटेका हुन ।

सो फिल्ममा खनाल हिरोको भुमिका हुदाँ ‘सान्नानी’ मेघा पोखरेल भने हिरोइनको भुमिकामा थिइन । तर,सो फिल्म पछि ‘सान्नानी’ कतै पनि देखा परिनन, खनालका अनुसार उनी लगभग गुमनाम जस्तै भएकी थिइन् । तर, आज उनै नायिका पोखरेलले ‘मलाई चिन्नुभयो ?’ भन्दै आए पछि आफु एकछिन अक्क न बक्क परेको समेत खनालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

नायिका पोखरेलसँगको भेट पछि भावुक हुदैँ खनालले लेखेका छन, ‘आज (शनिवार) सिभिल मलमा बगान हेर्न आउनु भएका दर्शकलाई भेटन जादा फोटो खिच्न आउनु हुने दर्शकको भिडबाट ‘मलाई चिन्नु हुन्छ ?’ भन्दै उनी म तिर आइन्, मैले झट्ट उनलाई चिन्न सकिन किनकी ३० वर्षमा उनीमा धेरै परिवर्तन आइसकेको थियो , तर जब उनी हाँसिन मैले उनलाई चिने, ३० वर्षपछि पनि सान्ननीको हासो उस्तै थियो, सान्नानी र सोल्टिनी अर्थात नायिका मेघा पोखरेल ।’

Leave a Reply

ताजा समाचार