राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आप्रवासीविरुद्ध आक्रोश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आप्रवासीविरुद्ध आक्रोश

donald trump

एजेन्सी, २८ पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आप्रवासीविरुद्ध आक्रोश, ट्रम्पको प्रश्न– कामै नलाग्ने मुलुकबाट आएकाहरुलाई अमेरिकाले किन स्याहारिरहने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीविरुद्ध आक्रोश पोखेका छन ।

हाइटी, एल साल्भाडोर लगायत मुलुकको नाम लिँदै ट्रम्पले आप्रवासीविरुद्ध आक्रोश पोखेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनले कानूनी मार्गबाट अमेरिकामा सुरक्षित भविष्य खोज्ने आप्रवासीका कारण अमेरिकी नागरिकको जीवन कठीन र संघर्षमय बनेको बताए ।

आप्रवासीविरुद्ध कडा नीतिको पक्षमा रहेका ट्रम्पले सांसदहरुसँगको छलफलका क्रममा कामै नलाग्ने मुलुकबाट आएकाहरुलाई किन स्याहारिरहने भनेर प्रश्न गरेका छन । ह्वाइटहाउसले केही अमेरिकी राजनीतिज्ञ विदेशी मुलुकका लागि लडेपनि राष्ट्रपति ट्रम्प अमेरिकी जनताको हितका लागि संघर्षरत रहेको प्रतिक्रिया दिएको छ ।

राष्ट्रपति ट्रम्प अमेरिकालाई बलियो, समृद्ध र अगाडी बढाउन सक्ने गुणस्तरीय आप्रवासीका पक्षमा रहेको र यसको स्थायी समाधानको खोजीमा जुटिरहेको ह्वाइटहाउसले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);