कारागारका बन्दिहरुलाई पुस्तक | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

कारागारका बन्दिहरुलाई पुस्तक

काठमाडौं । सामाजिक परिचालनका लागि सहकार्य नेपालले आज दाङको तुलसीपुर कारागारमा पुगेर कैदिबन्दीहरुका लागि पुस्तकालय स्थापनार्थ विभिन्न विधाका करिब १५० पुस्तकहरु सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष सुरक्षा आचार्यको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै तुलसीपुर उप– महानगरपालीकाकी उप–मेयर स्यानी चौधरीले बन्दीहरुमा हुने शैक्षिक अज्ञानतालाई हटाउन यो अभियानले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेकी थिइन् । उनले बन्दिहरुको शैक्षिक सुलभताका लागि स्थानीय सरकार सधैँ साथमा रहने समेत प्रतिवद्दता व्यक्त गरिन् ।

कारागार प्रशासक चिन्तामणी रेग्मीले युवाहरुको रचनात्मक कामको प्रशंसा गर्दै स्थानिय सरकार समक्ष कारागारमा देखा परेका समस्याबारे ध्यानकर्षण गराएका थिए ।

कार्यक्रममा बोल्दै अभियानका संयोजक निराजन शर्मा अधिकारीले संस्थाले मैलिक हकमा रहेको शिक्षाको हकले विशेषगरि कैदीहरुको सामाजिक पुनर्स्थापनामा टेवा पुगोस भन्ने सोचले यस अभियान चलाइएको जानकारी दिए ।

संस्थाले राष्ट्रिय पुस्तकालय अभियान नै घोषणा गरेर कारगार र आवश्यक सरकारी विद्यालयहरुमा पुस्तकालय स्थापना तथा पुस्तक हस्तान्तरण गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);