काठमाडौं महानगरले दिने छात्रवृत्तिका लागि ८ दिनमै झण्डै १२ सयको आवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं महानगरले दिने छात्रवृत्तिका लागि ८ दिनमै झण्डै १२ सयको आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कक्षा ११ को छात्रवृत्तिका लागि ८ दिनमा १ हजार ८३ जनाको अनलाइन आवेदन दर्ता भएको छ ।

काठमाडौँ महानगरपालिकाले असार २८ गते विहान १० बजेबाट खुला गरेको आवेदनमा साउन ४ गते अपरान्ह ०३ः३० बजेसम्ममा यो संख्या देखिएको हो । यसमा सबैभन्दा धेरै आवेदक विज्ञान विषयका छात्र ५४९ जना र छात्रा २२७ जना छन् । दोस्रोमा व्यवस्थापन विषयका लागि २३९ जना छन् । यसमा छात्रको संख्या १४८ जना र छात्राको संख्या ९१ जना छ ।

प्राविधिक विषयका लागि २४ जना छात्र र १७ जना छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ जना छात्रा र ७ जना छात्र गरी २३ जना, मानविकीमा १ जना छात्र र १ जना छात्रा तथा शिक्षामा १ जना छात्र र १ जना छात्राको आवेदन परेको छ । कक्षा ११ का लागि करिब ४ हजार २ सय सिटमा छात्रवृत्ति उपलब्ध गराउन सकिने प्रारम्भिक अवस्थाबाट देखिएको छ । शिक्षा विभागका प्रमुख सीताराम कोइराला भन्नुहुन्छ, ‘हामी साउन महिनाको दोस्रो हप्ताको अन्त्यसम्ममा कुन उच्च माध्यमिक विद्यालयमा कति संख्यामा छात्रवृत्ति प्राप्त हुन्छ । विवरण सार्वजनिक गर्नेछौँ ।’

विद्यालयहरुबाट चारित्रिक प्रमाण पत्र दिन कुनै न कुनै कारणले ढिला भएकोले आवेदन दिन कठिन भएको गुनासो आएपछि अब चारित्रिक प्रमाण पत्र विना पनि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको कोइरालाको भनाइ छ ।

विद्यार्थीहरुले साउन १२ गते राती ११ बजेर ५९ मिनेटसम्म आवेदन दर्ता गराउन सक्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);