टक्सार महाशाखामा पुर्याइएको सुन जोख्न एक हप्ता लाग्न सक्ने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ४ २०८१, आइतबार

टक्सार महाशाखामा पुर्याइएको सुन जोख्न एक हप्ता लाग्न सक्ने

काठमाडौं । राजश्व अनुसन्धान विभागले समातेको अवैध सुनको तौल र परीक्षणका लागि नेपाल राष्ट्र बैंक मातहतको टक्सार महाशाखा पु¥याइएको छ ।

महाशाखाका निर्देशक थानेश्वर आचार्यले विभागबाट सुन आइपुगेको र थप अनुसन्धान अघि बढेको जानकारी दिनुभयो । सुन सहितका स्कुटरका ब्रेक शुको तौल १५५ किलो आएको छ । कुल एक सय ६० वटा ब्रेक सु फेला परेको थियो, तीमध्ये एउटाबाहेक सबैमा सुन रहेको बताइएको छ । अब ती ब्रेक सुबाट सुन निकालेर जोखिने छ ।

ब्रेक शुभित्र सुनका साना साना टुक्रा छन्, त्यसैले सबै निकालेर जोख्न केही समय लाग्ने टक्सार महाशाखाले जनाएको छ । राष्ट्रबैंकले सुनमात्रै जोखेपछि मात्रै यसको वास्तविक तौल थाहा हुनेछ । ब्रेक सुबाट सुनलाई अलग गरी गालेर जोख्दा एक हप्तासम्म लाग्न सक्ने महाशाखाको अनुमान छ ।

राजस्व अनुसन्धान विभागले मंगलवार काठमाडौंको सिनामंगलबाट भन्सार पास भइसकेको अवस्थामा ब्रेक सुमा लुकाएर राखेको सुन बरामद गरेको थियो । ती ब्रेक सुमा १०० किलोग्रामभन्दा बढी सुन भएको अनुमान विभागको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);