प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन

Gopal-Parajuli-1

काठमाडौं,२८ पुष । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिनमा तानिएपछि यस विषयमा धारणा बनाउन सल्लाहकार र कार्यसमिति बैठक बोलाएको छ ।

बारले आज सल्लाहकार र कार्यसमिति बैठक बोलाएको हो । बारको सल्लाहकार समितिमा पूर्व अध्यक्ष र वरिष्ठ अधिवक्ताहरु सदस्य छन् । सल्लाहकार समितिको बैठकपछि कार्यसमितिको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने महासचिव खम्मबहादुर खातीले बताए । बारले यसअघि पनि संवैधानिक जटिलताबारे निर्णय लिनुअघि सल्लाहकारको राय लिने गरेको थियो । सर्वोच्च अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिनका लागि झिकाएपछि उहाँले पदमा बस्न हुने \नहुनेबारे प्रश्न उठिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);