माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिँदै

काठमाडौँ, २७ पुस । माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका विनाविभागीय मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने भएका छन् ।

देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट आठ मन्त्री र सात राज्यमन्त्री सहभागी छन् । कृष्णबहादुर महरा, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, प्रभु साह, शिवकुमार मण्डल, आशा खनाल र सन्तकुमार थारु मन्त्रीका रुपमा सहभागी छन् । यस्तै माओवादी केन्द्रबाट सात राज्यमन्त्री सरकारमा सहभागी छन् ।

एमालेसँग चुनावी तालमेल गरेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले असोजमा माओवादीका मन्त्री सहित राज्यमन्त्रीलाई विना विभागीय बनाएका थिए । बिहीबार सार्वजनिक विदा परेकोले शुक्रबार माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले प्रधानमन्त्री देउवालाई सामुहिक राजीनामा बुझाउँदै छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);