कांग्रेस अझै पनि विधान अनुसार चल्न सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेस अझै पनि विधान अनुसार चल्न सकेन

टिप्पणी

रमेश वाग्ले

काठमाडौं, २७ पुस । महाधिवेशन सकिएको २२ महिनामा नेपाली कांग्रेसले बल्ल पार्टी प्रवक्ता तोकेको छ । यस अघि बाध्यात्मक अवस्थामा कार्यसम्पादन समिति र संसदीय समिति गठन गरेको कांग्रेसले संगठन विभाग र नीति तथा प्रशिक्षण प्रतिष्ठानसमेत बनाएको छैन । अझ भन्ने हो भने कांग्रेसले आफ्नै विधान मानिरहेको छैन ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोहमा वर्तमान सभापति शेरबहादुर देउवाले भनेका थिए–‘म सभापति भए भने पार्टीलाई विधान अनुसार चलाउँछु, सबैलाई मिलाएर लैजान्छु, आन्तरिक लोकतान्त्रलाई बलियो बनाउँछु ।’

२०७२ साल फागुन २० गते त्यस्तो भाषण गरेका देउवा चैत नलाग्दै सभापतिमा निर्वाचित भए र चैत ४ गते नेपाली कांग्रेसको सभापतिमा पदमा बहाली भएका थिए ।

देउवाले बोलेको कुरा लागु गर्ने हो भने नेपाली कांग्रेसको विधान अनुसार उनले विधान कार्यान्वयन गर्नका लागि पद बहाली गरेको दुई महिना अर्थात जेठ ४ गते भित्र पार्टीका ४२ वटा विभाग गठन गरिसक्नुपथ्र्यो । ७ वटा समिति बनाइसक्नुपथ्र्यो । २१ केन्द्रीय सदस्य नियुक्त गरिसक्नुपथ्र्याे । अनी उपसभापति, महामन्त्री सहमहामन्त्री र पदाधिकारी नियुक्त गरिसक्नुपथ्र्याे । बोल्ने अनि छोडी दिने नेपाली राजनीतिको ‘संस्कार बचाउन’ उनले पार्टीको विधान कार्यान्वयन गरेनन् ।

विधानको कार्यान्वयनका लागि २१ मध्ये सात जना केन्द्रीय सदस्य आफैसँग र अन्य पदमा हारेकाहरुलाई नियुक्त गरे । तर, त्यसपछि उनले पार्टीलाई विधानमा हिडाउनुपर्छ भनेर आफैंले भनेका कुरा विर्सिएझैं गरे । अहीले उनले पार्टीको कार्यसम्पादन र संसदीय समिति त बनाएका छन् । तर, त्यही काम गर्दासमेत विधानको ठाडो उल्लंघन गरेका छन् ।

देउवाले यसबीचमा पटक–पटक गरी १२ केन्द्रीय सदस्य नियुक्त गरिसकेका छन् । दुई महिनामा गरिसक्नुपर्ने धेरै काम नगरेपनि २२ महिनामा प्रवक्ता नियुक्त गरेका छन् । नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन् पार्टीले आन्तरिक लोकतन्त्र सदृढ नगरेका कारण जनताबाट सजाय पाइसकेको छ । अवको ५ वर्ष कांग्रेसले संगठन सदृढीकणमा लाग्नुपर्छ ।

कांग्रेस आफैले दावी गर्ने कुरा मान्ने हो भने उसले नेपालमा लोकतन्त्रको जग बसाएको छ अनि सबैलाई लोकतान्त्रिक मुलधारमा ल्याएको छ । तर उसमाथी प्रश्न उठ्छ त्यसो भए आफैं किन लोकतान्त्रिक भएको छैन ? अनि आन्तरिक लोकतन्त्रको अभ्यास गर्नसकेको छैन त ?

लोकतन्त्र भनेको विधान र दस्तावेजमा लेखिने आदर्श मात्र नभएर व्यवहार र चरित्रमा झल्कने अभ्यास पनि हो । कांग्रेसले विगतमा जस्तै त्यसलाई भाषण र आदर्शको विषयमात्र बनाउने हो भने त्यसले उसलाई नक्कली लोकतन्त्रवादीका रुपमा उभ्याउन सक्छ । उ त्यसमा कत्तिको सचेत छ –अवका दिनले उसलाई अग्नी परिक्षामा राख्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);