कुशलको जादुमय प्रदर्शनसँगै टुङ्गीयो नेपालको एसिया कप यात्रा | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

कुशलको जादुमय प्रदर्शनसँगै टुङ्गीयो नेपालको एसिया कप यात्रा

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले युएई ए माथि शानदार जित निकालेको छ ।

कुशल भुर्तेलको शानदार प्रदर्शनमा नेपालले युएई ए लाई ३ विकेटले पराजित गरेको हो ।

आजको खेलमा भुर्तेलले ६ विकेट लिए भने सानदार अर्धशतक प्रहार गरे । युएईले दिएको १ सय ५८ रनको लक्ष्य २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बलमा ७१ रनको सानदार अर्धशतक बनाए । सन्दीप जोरा र देव खनालले समान २४÷२४ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भएको थियो ।

युएईका लागि लभप्रित सिंहले ८२ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । सिंहले ६ चौका र १ छक्का प्रहार गरेका थिए । इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चिएर ६ विकेट लिए । समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका थिए । नेपालले सान्त्वना जित हात पारेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);