नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से ११.१७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१६५ अंकमा कायम भएको छ ।

परिसूचक बढ्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा करिब २० करोड घटेको छ । दिनभर कुल ३ अर्ब ३४ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । कुल ७३ कम्पनीको मूल्य बढ्दा १३१ को घट्यो भने १३ को स्थिर रहृयो ।

यस दिन पनि नेप्सेको वृद्धिमा बैंकिङ र ब्यापार उपसमूहले सबैभन्दा बढी योगदान दिएका छन् । बीपीडब्लू लघुवित्तको मूल्य १० प्रतिशत बढ्दा विशाल बजार कम्पनीको ७ प्रतिशत बढ्यो ।

युनाइटेड अजोड इन्स्योरेन्सको मूल्य ६.५ र बोटलर्स नेपाल तराईको मूल्य ६ प्रतिशत बढ्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);