सुशासनको लक्ष्य हाँसिल गर्न भ्रष्टाचारबिरोधी अभियानलाई तिब्रता दिइरहेका छौं : प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

सुशासनको लक्ष्य हाँसिल गर्न भ्रष्टाचारबिरोधी अभियानलाई तिब्रता दिइरहेका छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधवार ६१ औं इन्जिनियर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुशासनको लक्ष्य हाँसिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तिब्रताकासाथ अघि बढाइरहेको उल्लेख गर्नुभयो ।

उहाँले त्रुटी एउटाले गर्ने र आरोप अर्कोलाई लाग्नेस्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले असारमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउने र बनेका पूर्वाधार संरचना पनि नटिक्ने र उचित सदुपयोग नहुने विकासको प्रविधिलाई बदल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आन्तरिक श्रोत, साधन कम भएको हाम्रो देशमा विकास बजेट चालु खर्चको तुलनामा त्यसैपनि न्युन छ । त्यो बजेट पनि हामी समयमा खर्च गर्न सकिरहेका छैनौँ । विकास बजेटको ठूलो हिस्सा आषाढमा खर्च हुन्छ । आषाढमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउँछ, बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ श्रोतको पनि सदुपयोग नहुने यो विकासको प्रविधिलाई बदल्नैपर्छ । यसमा रहेका कानूनी, संरचनागत र प्रक्रियागत समस्या र त्रुटीमा सरकार सहजीकरण गर्न सरकार तत्पर छ । इन्जिनियर, प्राविधिक विषयसँग सम्बन्धित विषय, न्युनतम पारिश्रमीकसँग सम्बन्धित विषयमा गम्भीरतापूर्वक छलफल गरी छिटै एउटा महत्वपूर्ण निर्णयतर्फ जाँदैछाँै । वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध छ । सुशासनको लक्ष्य हाँसिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तिब्रताकासाथ अघि बढाइरहेको छ । भ्रष्टाचारको कुरा गर्दैगर्दा त्रुटी एउटाले गर्ने र आरोप अर्कोलाई लाग्नेस्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, केही ऐनमा सुधार गर्ने विश्वास दिलाउन चाहन्छु ।’

प्रधानमन्त्री दाहालले सरकार नागरिको सुरक्षा र समृद्धितर्फ अघि बढीरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);