आजदेखि कांग्रेस केन्द्रीय सदस्यले धारणा राख्ने | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

आजदेखि कांग्रेस केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं,३ साउन । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् ।

प्रत्येक केन्द्रीय सदस्यलाई ७ मिनेटको समय दिइएको छ । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।

मंगलबार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा राखेका थिए।

त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए ।

Leave a Reply