‘राप्रपालाई हरहर महादेव भनेर भोट आएको हो, मागेको होइन’ | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

‘राप्रपालाई हरहर महादेव भनेर भोट आएको हो, मागेको होइन’

काठमाडौं, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित नभएको स्पष्ट गर्नुभएको छ ।

नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी अध्यक्ष लिङदेनले हिन्दु राष्ट्रको मुद्दा स्वार्थ र सत्तासँग केन्द्रित नभएको स्पष्ट गर्नुभएको हो ।

उहाँले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीको भएको भन्दै उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको बताउनु भयो । उहाँले शान्तिपूर्ण बाटोबाट नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना चाहेको उल्लेख गर्दै । उहाँले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दु राष्ट्र हटाइएपनि अब सच्चिन राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।

पदयात्रा कार्यक्रममा राप्रपा सांसद दीपकबहादुर सिंहले राप्रपाको हलोमा भोट दिनुस् भनेर नमागेको भन्दैे हरहर महादेव भनेर आएको बताउनु भयो । उहाँले अर्को चुनावमा ७० सिट ल्याउने दाबी गर्नुभयो ।

सांसद सिंहले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा कुनैपनि हालतमा राप्रपा सहभागी नबन्ने बताउनु भयो । राप्रपाले सोमबार मैतीदेवीदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);