भीम मल्ल १४ बैशाख, धनकुटा । गएको संबिधान सभाको निर्बाचनमा धनकुटामा कुल मतदाताको ७६ प्रतिसत मात्र मत खसेको थियो । जसमध्ये पनि ५ प्रतिसत भन्दा बढि मत बदर भएको थियो । सोहि तथ्याङ्गलाई मध्य नजर गदै यो निर्बाचनमा बढि भन्दा बढि मतदाता सहभागि गराउनु तथा मत वदर हुन नदिनु निर्बाचन कार्यलयले मुख्य लक्ष्य लिई आफ्नो कार्य अगाडि बढाएको छ । २०७० सालको संबिधान सभाको निर्बाचनमा धनकुटामा रहेको कुल ८२ हजार ६ सय ३२ मतदाता मध्ये ७६ प्रतिसत मात्र मत खस्दा ५ प्रतिसत भन्दा बढि मत बदर भएको थियो । फरक फरक मत पत्र वाट एक ब्याक्ति र एक पाटि छान्दा ५ प्रतिसत भन्दा बढि मत बदर हुनु र २४ प्रतिसत मतनै नखस्नुलाई निर्बाचन कार्यलयले यो चुनावमा प्रथमिकतामा राखेर कार्य अगाडी बढाएको छ ।
७० सालमा नखसेकेको मतलाई पनि यो निर्बाचनमा खसाल्नु र बदर मत को प्रतिसत अझ कम गर्नुनै मुख्य लक्ष्य रहेको निर्वाचन कार्यलय धनकुटाका प्रमुख प्रदिप कुमार साहले जानकारी दिनुभयो । अघिल्लो संबिधान सभाको निर्वाचनमा फरक फरक मत पत्र वाट एक ब्याक्ति र एक पाटि छान्न पाईने भएपनि यो निर्बाचनमा भने एक मत पत्रवाट जिल्लामा अस्तीत्वमा रहेका १६ राजनैतिक दल र स्वतन्त्रका गरी दर्जनौ प्रतिनिधि मध्येवाट सात प्रतिनिधि मात्र छान्नु पर्ने छ । जसले गर्दा पनि मतदाता प्रतिनिधि छान्न धेरै समस्या पर्ने स्थानिय रिता राई बताउनु हुन्छ । सोहि लक्ष्य अनुरुप कार्यलयले मतदाता शिक्षा स्वयमसेवक खटाई मतदाता शिक्षाको कार्यक्रम समेत सुरु गरेको छ ।
आफहरुले निर्वाचनको बारेमा जानकारी दिने, दतिल महिलाको कोटा, त्यसमा लाग्ने दस्तुर, भोट दिने प्रक्रिया लगायतको बारेमा शिक्षा दिईरहेको मतदाता शिक्षा स्वयमसेवक रेनु पौडेल वताउनु हुन्छ । यता मतदाता शिक्षा पाएका सर्बसाधारण पनि सो शिक्षाले आफुले नबुझेको कुरो बुझुनलाई धरै सहयोग पुग्ने बताउछन् । धनकुटामा हाल रहेको कल ९५ हजार ३ सय ६७मतदातालाई मतदाता शिक्षा दिनका लागि १३० स्वयमसेवक परिचालन गरिएको छ । प्रति एक हजार मतदातालाई एक स्वयमसेवक पर्ने गरी खटिएका स्वयमसेवकले एक महिनाको अबधिमा मतदाता शिक्षा दिईसक्नु पर्ने छ ।