नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्षः खहरेबाट बिजुली निकाल्न सकिँदैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्षः खहरेबाट बिजुली निकाल्न सकिँदैन

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरुप्रति कटाक्ष गर्नुभएको छ ।

पुराना पार्टीका दिनहरु गए भन्दै आएका नयाँ पार्टीहरुले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरु सबै पुराना हुन् भनेर बिर्सन नहुने बताउनु भयो । उहाँले पुरानो नाता सम्बन्धहरुलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताउनु भयो । उहाँले निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा नबिर्सिन नयाँ राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले काँग्रेस अझै बलियो, परिपक्व, संयमित र एकतावद्ध बन्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रुपमा अभियान घोषणा गरी पुरानो दललाई तरोतजकी बनाएर नविन बनाउने क्रम शुरु हुने बताउनु भयो ।

महामन्त्री शर्माले कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजबिरुद्धको विधेयकमाथि चुनौति आउन लागेको भन्नेकुरा राखेको भन्दै मन्त्रीहरुबाट यस्तो जवाफ सुन्न नचाहेको बताउनु भयो । उहाँले सबैखालका चुनौतिलाई चिरेर मिटरब्याजको विधेयक संसदमा ल्याउनुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);