अन्तरजातीय विवाहको निहुँमा जुम्लामा एक युवाको घरमै आगो लगाइदिएको घटनामा सांसदहरूले सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

अन्तरजातीय विवाहको निहुँमा जुम्लामा एक युवाको घरमै आगो लगाइदिएको घटनामा सांसदहरूले सरकारको ध्यानाकर्षण

काठमाडौं । अन्तरजातीय विवाहको निहुँमा जुम्लामा दलित समुदायका एक युवाको घरमै आगो लगाइदिएको घटनामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले जुम्लामा भएको घटनाले दलित समुदायमाथि अहिले पनि जातीय भेद्भाव र छुवाछूतजन्य व्यवहार कायम रहेको र त्यस्ता भेदभावपूर्ण सोचकै कारण जघन्य प्रकृतिका अपराधहरू समेत कम नभएको पुष्टि भएको बताए ।

नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले दलित समुदायमाथि हुने ज्यादतिले सीमा नाघेको जिकिर गर्दै समाजलाई यही अवस्थामा कहिलेसम्म राखिरहने हो भनेर प्रश्न गनुृभयो ।

नेपाली कांग्रेसकी सांसद सीता मिजारले अन्तरजातीय विवाह गरेकै कारणले दलितको घरमा आगजनी गर्नु जातीय भेदभावको पराकाष्ठा भएको बताउनुभयो । जात व्यवस्थाकै कारण दलित समुदायले अहिले पनि अन्यायपूर्ण जीवन बाँच्न बाध्य हुनुपरेको उहाँको भनाइ थियो । अन्तरजातीय प्रेम र विवाह गरेकै कारण दलित समुदायका अझै कति युवाले आफ्नो ज्यान र धनसम्पत्ति गुमाउनुपर्ने हो सरकार भन्दै मिजारले प्रश्न गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लामा अन्तरजातीय विवाहका कारण भएको घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन गरी दोषीलाई कारबाहीको माग गर्नुभयो ।

त्यसैगरी कांग्रेसकी अर्की सांसद शान्ति गजमेरले संविधानले सबै मानिसले सम्मानपूर्वक जीवन बाँच्न पाउने हक दिएको भए पनि दलितहरूले भने त्यस्तो अधिकार नपाएको गुनासो गर्नुभयो ।

दलित समुदायमाथिको अत्याचार अन्त्य गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);