जनमत पार्टीलाई सरकारले ल्याउने बारे सकारात्मक छलफल भईरहेको छः सञ्चारमन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

जनमत पार्टीलाई सरकारले ल्याउने बारे सकारात्मक छलफल भईरहेको छः सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भईरहेको बताउनु भएको छ ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । सो सम्बन्धमा अहिले अलि पोजेटिभ छलफल भएपनि निष्कर्षमा भने पुगिनसकेको मन्त्री शर्माको भनाई थियो । त्यस अवसरमा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले सुरु देखिनै राष्ट्रिय सहमतीको सरकारमा जोड दिनु भएको पनि स्मरण गराउनु भयो । मन्त्री शर्माले भन्नु भयो, ‘अहिले अलि पोजेटिभ छलफल भईरहेको छ । यसको निष्कर्षमा पुगिसकेको छैन । निष्कर्षमा नपुग्दाखेरी यस विषयमा भन्न सकिएन ।’

मन्त्री शर्माले रासायनिक मलको अभाव नभएको जिकीर समेत गर्नु भयो । प्रधानमन्त्री र कृषि मन्त्रालयले मलमा समस्या नभएको कुरा बारम्बार भनेको उल्लेख गर्दै उहाँले वितरणमा भने केही समस्या देखिएको र त्यसको समाधानमा पनि सरकार लागि परेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);