संसद चल्न नदिने परिस्थितिको अन्त्य हुनुपर्छः सांसद पौडेल | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

संसद चल्न नदिने परिस्थितिको अन्त्य हुनुपर्छः सांसद पौडेल

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सभामुखले बैठक सञ्चालनको सन्दर्भमा कसैको आग्रह र दबाबलाई स्वीकार्ने परिस्थितिलाई सच्याउनुपर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले संसद बैठकको प्रक्रियामा धेरै ठूलो प्रश्न जन्मिएको बताउनुभएको छ ।

उहाँले सभामुखले कसैको आग्रह र दबाबलाई स्वीकार्नुपर्ने परिस्थिति बनेको भन्दै यसलाई सच्याउनुपर्ने बताउनु भयो । उहाँले संसद चल्न नदिने परिस्थितिको पनि अन्त्य हुनुपर्ने बताउनु भयो । प्रश्न सोधिएकै दिन प्रधानमन्त्रीलाई स्पष्टिकरण दिन दिनुपर्ने भन्दै तिन दिन बिना अर्थमा संसद बन्द गरिएको बताउनु भयो ।

उहाँले एमालेले प्रधानमन्त्रीलाई सोधेको प्रश्नको चित्तबुझ्दो जवाफ के आयो भनि प्रश्न समेत गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);