प्रधानमन्त्रीलाई गगनको आग्रह–निर्देशन र घोषणाबाट शासकिय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुनुस् | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

प्रधानमन्त्रीलाई गगनको आग्रह–निर्देशन र घोषणाबाट शासकिय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुनुस्

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले निर्देशन र घोषणाबाट शासकिय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल निर्देशन र घोषणाहरु मात्रै गर्दै हिँडेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीलाई उद्घाट्न र सम्मेलनहरुमा जान भ्याइनभ्याइ भएको भन्दै प्रधानमन्त्री फुर्सद भएकोप्रति आफू छक्क परेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीलाई निर्देशन र घोषणाले शासकिय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन आग्रह गर्नुभयो । त्यस्तै सांसद थापाले प्रधानमन्त्री लक्ष्यमा पुग्नका लागि मलमल भइरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालसँग लक्ष्य पुरा गर्ने आत्मविश्वास नदेखिएको बताउनु भयो ।

सांसद थापाले सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम संसद चलिरहेको बेलमा बाहिरबाट सार्वजनिक गरिएकोप्रति विरोध जनाउनु भयो । उहाँले न्युनतम कार्यक्रम संसदभित्रै प्रश्तुत हुनुपर्ने बताउनु भयो । संसद चलिरहेको बेलामा यस्ता कार्यक्रमहरु संसदभित्रै प्रश्तुत गर्ने परम्परा बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद थापाले प्रधानमन्त्रीलाई काम गर्नका लागि राम्रो समूह चाहिने भन्दै प्रधानमन्त्रीसँग राम्रा समूह नभएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको सरकारी समूह सजाय पाएको जस्तो रहेको बताउनु भयो । अन्त काम केही नभएर प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरुलाई थन्क्याउन लगिएको जस्तो भान हुने उहाँको भनाई छ । उहाँले प्रधानमन्त्री दाहाललाई गठबन्धनका दलहरुसँग बस्ने समय छोट्याएर सम्पूर्ण समय सरकारको काममा केन्द्रित हुन पनि आग्रह गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);