बालेनसँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई गगनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

बालेनसँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई गगनको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न आग्रह गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा महानगरपालिकासँग तत्काल सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो । दुई तहका सरकारका बीचमा तत्काल सल्ट्याउनुपर्ने विषयहरुलाई सल्ट्याइहाल्न पनि उहाँको आग्रह छ ।

उहाँले महानगरपालिकाले राखेका जायज मागहरुलाई पूरा गर्न आवश्यक विषयहरुमा समझदारी कायम गर्न माग गर्नुभयो । सांसद थापाले काठमाडौं महानगरपालिका र संघीय सरकारबीचको छलफलमा काठमाडौंका जनप्रतिनिधिहरुलाई पनि सम्मिलिन गराउनुपर्ने बताउनु भयो ।

उहाँले देशका विभिन्न पालिका प्रमुखहरु सिंहदरबारमा कर्मचारी माग गर्न र सरुवा लगायतका कामहरु लिएर घुइँचो लागेको भन्दै पालिका प्रमुखहरुलाई सिंहदरबार घुम्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि उहाँले माग गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);