काठमाडौं, २५ असार । भोजपुरमा मृग ठानेर आफ्नै साथीको हत्या भएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुक पड्काउँदा आफैसँग गएको साथी दिप्सन प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
१८ वर्षीय दिप्सन साथीहरुसँगै मृग मार्न जंगल गएका थिए । घटना असार २२ गते रातिको हो । साथीको मृत्यु भएपछि अखुवा खोला बगरमा पुरेर फर्किएका रहेछन् ।
मानिस हराएको सूचना पाए लगत्तै प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । खोला बगरमा पुरीएको अवस्थामा प्रधानको शव फेला पारेर परीक्षणका लागि प्रहरीले जिल्ला अस्पतालमा ल्याएको छ ।
मृतकका आफन्तले दीप्सन हराएको सुचना हिजो मात्रै प्रहरीलाई दिएका थिए ।