भ्रष्टाचार काण्डका फाइलको विवरण लेखा समितिलाई किन ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

भ्रष्टाचार काण्डका फाइलको विवरण लेखा समितिलाई किन ?

काठमाडौं,२५ असार । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिन माग गर्नुभएको छ । आईतवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले यस्तो माग गर्नुभएको हो ।

उहाँले आगामी बैठक बस्नु अगावै समित सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यहरुलाई दिनुपर्ने बताउनु भयो । उहाँले समितिले विगतको समितिले गरेको निर्णयलाई उल्ट्याउने नभइ जानकारीका लागि पनि समितिले सो फाइलहरु उपलब्ध गराउनु आवश्यक रहेको बताउनु भयो । उहाँले समितिमा आएका अनियमितताका प्रकरणहरु थन्क्याएर राख्नु संसदको समितिको अपमान हुने बताउनु भयो । उहाँले संसदको समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण यो समितिलाई दिनुपर्छ । मैले त भनिरहेको छु । एउटा बल्ल बल्ल पाएका थियौँ, बुझ्दै नबुझ्ने प¥यो, अर्को बैठक भन्दा अघि सचिवालयले दिनैपर्छ । प्रत्येक हामी मान्य सदस्यले त्यो थाहा पाउनुपर्छ । के भएको छ, के निर्णय भयो, निर्णयलाई उल्ट्याउँछौँ भनेको होइन, त्यो भ्रम परिसकेको छ, त्यो निर्णय भएको कुरा नयाँ उजुरी कहीँबाट आए हेर्नसक्छ समितिले, एकपटक टुंगिसकेको कुरा केही हुँदैन, तर जुन निर्णय भयो, त्यसलाई थन्क्याएको छ भने सरकारले थन्क्याएको भए सरकार र कुनै संवैधानिक संस्थाले गरेको छ भने संवैधानिक संस्थाले थन्क्यायो । यो संसदको समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई छैन । निर्णय नगरी थन्क्याउने कुरा गम्भीर कुरा हो । त्यो सबै आओस् ।’

सांसद केसीले समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिँदैमा निर्णय नउल्टिने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);