पाकिस्तानको लाहोरमा मुसलधारे वर्षा,१७ जनाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

पाकिस्तानको लाहोरमा मुसलधारे वर्षा,१७ जनाको ज्यान गयो

काठमाडौं, २२ असार । पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ । लगातारको मुसलधारे बर्षाका कारण ५० जनाभन्दा धेरै घाइते घाइते भएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् ।

ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानको उद्धार विभागले जनाएको छ । पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानी लाहोरमा विगत ३० वर्षयताकै सबैभन्दा धेरै एकैदिन २ सय ९१ मिलिमिटर वर्षा भएको छ । ३ दिनदेखीको  वर्षाले सहरी क्षेत्रमा बाढी आएको छ ।

भौतिक पूर्वाधारमा क्षति पुगेको छ । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इमरान कुरेशीले सडक र अन्डरपास डुबान हुँदा यातायात सेवासमेत प्रभावित भएको जानकारी दिनुभएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);