काठमाडौं, २१ असार । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा आज प्रधानमन्त्रीको राजीनामा मागिएको बारे छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको एक नेताले बताए ।
उनका अनुसार बैठकले मिटरब्याज पीडितहरुलाई न्याय दिने अध्यादेश निष्क्रिय बनाउन षड्यन्त्र रचिएको समेत निष्कर्ष निकालेको छ ।