काठमाडौं, २१ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बोल्दा हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा शर्माले लेखेका छन्,‘आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो ।’
‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो, मित्र रास्ट्रहरुलाई मित्रताकै सिमामा राख्ने कर्तव्य मुलत प्रधानमन्त्रीकै हो’ शर्माले भनेका छन् ।
प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुने भन्दै महामन्त्री शर्माले सत्तारूढले नै प्रश्न गरेको पनि उनले बताएका छन् ।