सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली छानविनको घेरामा | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली छानविनको घेरामा

Gopal-Parajuli-1(1)

काठमाडौं, २७ पुष । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली छानविनको घेरामा तानिएका छन् । सर्वोच्च अदालतले नै प्रधानन्यायाधीश पराजुलीलाई छानविनको घेरामा तानेको हो ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले अदालतको अवहेलनाको मुद्दा लागेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक गोविन्द केसीको मुद्दामा सुनुवाईका क्रममा प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपि झिकाउन आदेश दिएको छ । चिकित्सक केसीले प्रधानन्यायाधीश पराजुलीको दोहोरो नागरिकता रहेको तथा शैक्षिक प्रमाणपत्र पनि नक्कली भएको भन्दै राजीनामा माग गरेका थिए ।

न्यायाधीशद्वय भण्डारी र श्रेष्ठको संयुक्त इजलासको आदेशमा केसी भने साधारण तारेखमा रिहा भएका हुन । डाक्टर केसीलाई उनका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीको जिम्मामा रिहा गरिएको हो ।

रिहा भएलगत्तै केसीले अनसनलाई निरन्तरता दिएका छन् । उनले शिक्षण अस्पताल पुगेर अनसनलाई निरन्तरता दिएका हुन । केसीले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीनमा डाक्टर शशी शर्मालाई पुर्नबहाली गर्ने प्रधानन्यायाधीश पराजुलीसहितको इजलासको आदेशपछि गत सोमबार १४ औं अनसन सुरु गरेका थिए ।

फैसलालाई आधार मानी प्रधानन्यायाधीश पराजुलीलाई भ्रष्ट र माफियाको आरोप लगाएका केसीलाई प्रहरीले सर्वोच्चको आदेशमा सोमबार राति पक्राउ गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);