पृथ्वी जयन्तीका अवसरमा आज सार्वजनिक विदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

पृथ्वी जयन्तीका अवसरमा आज सार्वजनिक विदा

prithivinarayan-Shah

काठमाडौं, २७ पुष । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको आज २ सय ९६ औं जन्मजयन्ती, पृथ्वी जयन्तीका अवसरमा सरकारद्वारा आज सार्वजनिक विदा ।

आधुनिक नेपालको एकीकरण गरेका पृथ्वीनारायण शाहको जन्मदिनलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ । सरकारले यसपटक पृथ्वी जयन्ती मनाउन सार्वजनिक विदा दिएको छ । राजतन्त्र अन्त्यसँगै सरकारले पृथ्वी जयन्तीका दिन विदा दिन छोडेको थियो ।

पृथ्वीनारायण शाहले बाइसे तथा चौबीसे राज्यमा विभाजित नेपाललाई सैन्य बलमा एक बनाएका थिए । २० वर्षको उमेरमा गोरखाको राजा भएका पृथ्वीनारायणले नेपालको एकीकरण गर्ने क्रममा विक्रम सम्वत १८०१ सालको असोज २ गते नुवाकोट विजय गरेका थिए ।

उनले काठमाडौं उपत्यकालाई विजय गर्नुभन्दा अगाडि कीर्तिपुरमा तीनपटक युद्ध गरेको इतिहास छ । विक्रम सम्वत १८१४ र १८२१ मा आक्रमण गरी पराजय भोगेका शाहले १८२२ मा कीर्तिपुर जितेका थिए ।

पृथ्वीनारायणले कीर्तिपुर जितेपछि काठमाडौं, ललितपुर र भक्तपुरका मल्ल राजामा त्रासको मनोविज्ञान बढेको इतिहासमा उल्लेख छ । पृथ्वीनारायणले विक्रम सम्वत १८२५ सालको असोज १३ गते इन्द्रजात्राका दिन नरदेवी, टुँडिखेल र भीमसेनस्थान तीनतिरबाट घेरा हालेर काठमाडौंमाथि विजय प्राप्त गरेका थिए भने असोज २५ गते ललितपुरका राजा तेजनरसिंह मल्ललाई पराजित गरेका थिए ।

काठमाडौं र ललितपुरमा जित हात पारेका पृथ्वीनारायणसामु १८२६ को मंसिर १ गते भक्तपुरका राजा रणजित मल्लले आत्मसमर्पण गरेका थिए । नेपालको एकीकरण गरेकै कारण पृथ्वीनारायणको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);