शाहरुख खानको सुटिङका क्रममा लडेर ८ वटा शल्यक्रिया | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

शाहरुख खानको सुटिङका क्रममा लडेर ८ वटा शल्यक्रिया

मुम्बई, २० असार । बलिउडका किंग खान शाहरुख खान अमेरिकामा सुटिङका क्रममा दुर्घटनामा परे । उनको नाक र अनुहारमा गहिरो चोट लागेको छ । उनलाई तत्कालै अस्पतालमा भर्ना गरिएको थियो । अमेरिकाको लस एन्जलसमा सुटिङ गर्ने क्रममा उनको दुर्घटना भएको थियो । खबरका अनुसार दुर्घटनापछि शाहरुखको सानो शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि उनलाई मुम्बई ल्याइएको छ ।

मिडिया रिपोर्टका अनुसार शाहरुख लस एन्जलसमा आफ्नो प्रोजेक्टको सुटिङ गरिरहेका थिए, जब उनको नाकमा चोट लागेको थियो । उनलाई तत्कालै अस्पतालमा भर्ना गरिएको थियो । चोटका कारण शाहरुखको नाकबाट रगत बग्न थाल्यो । तर, चोट धेरै गहिरो छैन । हाल शाहरुख वा उनको टोलीले अभिनेताको दुर्घटनाको बारेमा कुनै आधिकारिक बयान जारी गरेको छैन।

आफ्नो ३१ वर्षको करियरमा शाहरुख खान धेरै पटक सुटिङका क्रममा घाइते भएका थिए । उनको बायाँ काँधमा चोट लागेपछि सन् २००९ मा शल्यक्रिया गरिएको थियो । यसबाहेक २०१७ मा रईसको सुटिङका क्रममा उनको घुँडा र अनुहारमा चोट लागेको थियो, त्यसपछि उनको सानो शल्यक्रिया गर्नुपरेको थियो । सन् २०१३ मा फिल्म चेन्नई एक्सप्रेसको सुटिङ सकिएपछि उनले ८ वटा शल्यक्रिया गरेका थिए ।

यो वर्षको सबैभन्दा ठूलो ओपनर फिल्म पठान दिएपछि शाहरुख खानले २०२३ मा ३ ठूला फिल्म रिलिज गर्न लागेका छन् । जसमा जवान, डङ्की रहेका छन् । यस बाहेक उनी सलमान खानको टाइगर ३ मा पनि क्यामियो देखिदैछन् । चलचित्र जवानको छायांकन सकिएको छ, जसको पोस्ट प्रोडक्सन चलिरहेको छ । यो फिल्म सेप्टेम्बर ७ मा हिन्दी, तमिल, तेलुगु भाषामा विश्वभर रिलिज हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);