गगनलाई बालेनको चुनौती– बोलेको कुरा, पुरा गर्नुहोला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

गगनलाई बालेनको चुनौती– बोलेको कुरा, पुरा गर्नुहोला

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई बोलेको कुरा पुरा गर्न चुनौती दिएका छन् ।

सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने थापाको भनाईलाई सम्झाँउँदै शाहले यस्तो चुनौती दिएका हुन् ।

उनले लेखेका छन्,‘ माननीय गगन थापाज्यु , दलको हिजो एक कार्यक्रममा, झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नू भयो , नेपाली काङ्ग्रेसको महामन्त्री ज्युले नै भने पछि, काठमाडौं महानगर भित्रका सबै विद्यालय , शिक्षण संस्था , कार्यलय , सबै तिर काङ्रेस पार्टीको कुनै पनि भात्री सँगठन नभएको घोसणा गर्दछौँ । बोलेको कुरा , पुरा गर्नुहोला माननीय ज्यु ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);