एनआरएनए भर्जिनिया च्याप्टरको अध्यक्षमा विजय बगालेको उम्मेद्वारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

एनआरएनए भर्जिनिया च्याप्टरको अध्यक्षमा विजय बगालेको उम्मेद्वारी

काठमाडौं । एनआरएनए भर्जिनिया च्याप्टरको अध्यक्ष पदमा विजय बगालेले उम्मेद्वारी घोषणा गरेका छन् ।

उनले आज आफ्ना भनाई र प्रतिवद्धता सहित उम्मेद्वारी घोषणा गरेका हुन् । बगालेले सामाजिक सञ्जाल मार्फत बुँदागत रुपमा ११ वटा प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् ।

उनले आफुले पहिलो कामको रुपमा भर्जिनियामा रहेका नेपालीहरुको जनसंख्या निकाल्न प्रयास गर्ने बताएका छन् ।

साथै, उनले युवासँग सम्बन्धीत बिभिन्न योजनाहरु अघि सारेका छन् । यसैगरि उनले भर्खरै नेपालबाट भर्जिनिया पुगेका नेपालीहरुलाई लाइसेन्स दिलाउन सहयोग गर्ने समेत प्रतिवद्दता व्यक्त गरेका छन् ।

हेर्नुहोस बगालेका १० प्रतिवद्दताः

1- भर्जिनिया राज्य भित्र हरेका हरेक स्थानमा पुगी, संपर्क गरी नेपालीहरु को जनसंख्या निकाल्ने ।
(Data collection)
2- अहिले रहको NRNA Virginia राज्यको सदश्यता संख्या लाई अंकमा भन्ने भन्दा पनि बढी भन्दा-बढी बनाउॅंनमा जोड दिने ।
3- Virginia मा Youth related योजनाहरु जस्तै, Volleyball, Soccer, cricket, tennis जस्ता games हरु यहा रहेका बिभिन्न कलव हरुको समंन्वय र सहकार्यमा अगाडी बढाउॅंने ।
4- बिभिन्न बिषयका बिज्ञहरुको सहकार्यतामा युवा लक्षितित Training हरु संचालन गर्ने,यसमा केन्द्रको NRNA team लगायत सबै सॅंग समन्वय र सहकार्य गरी अगाडी बढ्ने ।
5- भर्खर नेपाल बाट आउॅंनुभएका हरुका लागी Driving license का लागी र शुरुवाती कामकाजका लागी सहयोग गर्ने,संभव भए सम्म एउटा local team नै बनाएर अगाडी बढ्ने ।
6- नेपाल बाट Visit Visa मा अमेरिका आउॅंनुभएका बुवा आमाहरु लाई basic healthcare समंवन्धि कमसेकम महिनाको एक पटक healthcare सिभिर संचालन गर्ने । (बिभिन्न संमवन्धि क्षेत्रमा काम गर्ने Organization, Doctor & nurse हरु को एउटा टिम निर्माण गर्ने )
7- नेपाल बाट अमेरिका भर्मणमा आउॅंने सरकारी पदका मानिसहरु,जुनकुनै पार्टीका दाग नलागेका नेता,बिश्लेषक पत्रकार एवं जो कसैसॅंग पनि भेटधाट,अन्तरकृया गर्ने चाहेको खण्डमा सहयोग र समंन्वय गर्ने ।
8- Virginia भित्र रहेका प्रत्येक नेपाली Community हरु लाई सहयोग र सहकार्य गर्ने, भर्जिनियाको सबै भन्दा ठुलो संस्था NACC (न्याक) लाई अगाडी बढाउॅंन हरतर्ह बाट लागी पर्ने, कमिकमजोरीहरु देखेमा सुधार्नका लागी समेत सहयोग गर्दै अगाडी बढ्ने । अन्य प्रत्येक संस्थाहरु सॅंग समन्वय गरेर अगाडी बढ्ने ।
9- समुदायमा प्रर्ने आएका जुनकुनै Emergency हरुमा तत्काल सहयोग जुटाउॅंन NRNA Virginia chapter मा जतिसकिन्छ Emergency fund निर्माण गर्ने । NRNA NCC सॅंगको सहकार्यमा गरिने ।
10- DC मा रहेको नेपाली दुतावास सॅंगको सहकार्यमा Virginia मा मात्र नभएर अन्य राज्यहरु मा रहेका नेपाली दाजु-भाई, दिदी-बैनीहरु का लागी कसरी सहजीकरण गर्न सकिन्छ, त्यस बारेमा समन्वय गर्ने ।
11- हरेक क्षेत्रमा महिला सहभागिता लाई जोड दिने ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);