संघीय शिक्षा ऐन छिटो ल्याउन माग गर्दै सांसदहरुलाई पत्र | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

संघीय शिक्षा ऐन छिटो ल्याउन माग गर्दै सांसदहरुलाई पत्र

काठमाडौं । संघीय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनले प्रतिनिधि सभाका सबै सांसदहरुलाई पत्र पठाएको छ ।

नेपाल समाजवादी विद्यार्थी युनियनले संघीय शिक्षा ऐन आउन ढिला गरेका कारण समग्र शिक्षा प्रणालीमा नै असर परेको भन्दै छिटो ल्याउन माग गर्दै प्रतिनिधि सभाका सांसदहरुलाई पत्र पठाएको हो ।
सोमवार युनियनका नेताहरु सिंहदरबारस्थित संसदमा प्रतिनिधित्व गर्ने दलहरुका संसदीय दलका कार्यालयमा पुगेर सबै सम्बन्धित दलका सांसदहरुका लागि पत्र बुझाएका हुन् ।

नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चपागाईंले आफूहरुले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २७५ जना सांसदहरुलाई नै पत्र लेखेको बताउनु भयो । उहाँले आफूहरुले तत्काल संघीय शिक्षा ऐन ल्याएर शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्न माग गरिएको बताउनु भयो ।

अध्यक्ष चापागाईंले आफ्नो संगठन संघीय शिक्षा ऐन जारी गराउने मागसहित आन्दोलनरत रहेको उल्लेख गर्नुभयो । ऐन छिटो ल्याउन माग गर्दै आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);