सहरी विकास मन्त्रालयको आवश्यक्ता छैन्ः नारायणदत्त मिश्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

सहरी विकास मन्त्रालयको आवश्यक्ता छैन्ः नारायणदत्त मिश्र

काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले देशमुखि बजेट बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

बजेट पहुँचवालामुखि भएको भन्दै उहाँले सो आवश्यक्ता औंल्याउनु भएको हो । सोमबार राष्ट्रियसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटको कार्यान्वयन र सदूपयोग गर्नेतर्फ विशेष ध्यान दिन पनि सरकारलाई सचेत गराउनु भयो ।

संघीय सरकारले बजेटको सदुपयोग गर्नका लागि प्रदेश र स्थानीय तहलाई पनि आवश्यक्ता अनुसार निर्देशन दिनुपर्ने सांसद मिश्रको भनाई थियो । उहाँले बजेट कार्यान्वयन गर्ने निकायलाई पुरस्कार र नगर्ने निकायलाई दण्डको आवश्यक व्यवस्था गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

सांसद मिश्रले भन्नु भयो, ‘देशमुखि बजेट बनाउनतिर ध्यान दिन आवश्यक छ । म समर्थनमै छु । मेरो तर्फबाट त बजेट पास हुन्छ । राष्ट्रियसभाले बजेट पास गर्छ नै । नगरेपनि प्रतिनिधिसभाले बजेट पास गरिसकेको छ । जति पास गरेपनि वर्षभरी गर्ने भनिएका काम सदाझैं यस वर्ष पनि पूरा नहोला नै । तसर्थ, विनियोजन बजेटको समयमा कार्यान्वयन गर्ने, भए÷नभएको रेखदेख र नियन्त्रण गर्ने, कार्यान्वयन गर्ने व्यक्ति र संस्थालाई पुरस्कार र दण्डको व्यवस्था गर्न आवश्यक छ । तसर्थ, विनियोजन बजेटको कसरी सदुपयोग हुन्छ भन्नेतिर मन्त्रालय, विभाग, जिल्लाका कार्यालयहरु समेत, प्रदेश र गाउँपालिकका कार्यालयहरु समेत उचित निर्देशन जाओस् । ’

सांसद मिश्रले सहरी विकास मन्त्रालयको आवश्यक्ता नरहेको जिकीर समेत गर्नु भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भएकाले सहरी विकास मन्त्रालय आवश्यक नरहेको उहाँको तर्क थियो ।

Leave a Reply