बालेन महानगर विश्व संघको सञ्चालक सदस्यमा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

बालेन महानगर विश्व संघको सञ्चालक सदस्यमा निर्वाचित

काठमाडौं, १८ असार । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह महानगर विश्व संघ (वर्ल्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिस, (महानगर) को सञ्चालक समितिको सदस्य निर्वाचित भएका छन् ।

संघका महासचिव जोडी वाकरले प्रमुख शाहलाई पत्र पठाउँदै २०२४ देखि २०२६ सम्मको कार्यकालका लागि निर्वाचित भएको जानकारी गराएका हुन् । उनको कार्यकाल सन् २०२४ को जनवरी महिनाबाट सुरु हुनेछ ।

जानकारी पत्रमा भनिएको छ, ‘म तपाइँको भूमिकाका बारे थप जानकारी प्रदान गर्न, आगामी वर्षहरुका लागि तपाईँको संस्थाका प्राथमिकताका बारेमा जान्न र महानगरको रणनीतिक दिशासँग जोड्ने तरिकाका बारेमा जान्नका लागि तपाईँको टोलीसँग एक  छोटो बैठकको प्रस्ताव गर्न चाहन्छु । तपाईँको वैधानिक भूमिकाको अवधिमा हामी महानगरमा संयुक्त कामहरु गर्न सक्छौँ ।’

यसका १४० भन्दा धेरै ठूला महानगरपालिका सदस्य छन् । दक्षिण एशियाली मुलुकका ८० वटा सहर यसका सदस्य हुन् । ल्याटिन अमेरिका र क्यारेवियन मुलुकबाट २० वटा, उत्तर अमेरिकाका ७ वटा, यरोपका १८ वटा र अफ्रिकाका २५ वटा सहर सदस्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);