काठमाडौं, १७ असार । लगातार २७ घण्टा अबरुद्ध भएर सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार रातिदेखि पुनः अबरुद्ध भएको छ ।
राति साढे ११ बजे ३ नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले सडक अबरुद्ध भएको हो ।
शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आए सडक राति ११ बजे पहिरो खसेपछि २ तर्फी सडक अबरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ ।
अहिले सडकमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोको कारण लामो समयसम्म सडक अबरुद्ध हुँदा यात्रुहरु मर्कामा पर्दै आएका छन् ।