अल्झिएर बसेका विधेयकका बारेमा संसदीय पत्रकारको कलम कम चल्नुपर्योः अध्यक्ष तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

अल्झिएर बसेका विधेयकका बारेमा संसदीय पत्रकारको कलम कम चल्नुपर्योः अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरुले विधेयकहरुको बारेमा कलम चलाउनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संसदीय मामिला हेर्ने पत्रकारहरुले एउटै विधेयकहरु संसदबाट बारम्बार फर्किने, समितिमा अल्झिएर बस्ने र वर्षौंवर्षसम्म नआउने लगायतका विषयहरुमा कलम चलाउन नसकेको गुनासो गर्नुभयो । उहाँले विधेयकहरु बारम्बार शुन्यमा झर्दा आम नागरिकहरुलाई त्यसबाट परेको असरका बारेमा कलम चलाउन आग्रह गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले पत्रकारहरुले विधेयक ल्याउन भइरहको ढिलासुस्तीमा दबाब दिनसके विधेयकहरु समयमा नै आउने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);