‘बजेट राणाकालिन समयको जस्तो भयो’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

‘बजेट राणाकालिन समयको जस्तो भयो’

काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले आगामी आर्थिक वर्षको बजेट ‘राणाकालिन समयको जस्तो’ भएको टिप्पणी गर्नु भएको छ ।

शुक्रबार राष्ट्रियसभाको बैठकमा सांसद देवकोटाले ६० प्रतिशत कामको लोड प्रदेश र स्थानीय तहलाई भएपनि २३ प्रतिशत मात्रै बजेट विनियोजन संघीयताको भावना र मर्मविपरित भएको भन्दै आपत्ति जनाउनु भयो । सांसद देवकोटाले बजेट मन्त्री र नेतामुखि भएको आरोप लगाउनु भयो ।

बैठकमा सांसद तुलसाकुमारी दाहालले वजेट परिमार्जन गर्नुपर्ने भन्दै विगतका उपयोगी कार्यक्रमहरुले े निरन्तरता नपाएकोमा आक्रोश व्यक्त गर्नुभयो । बाईट ः तुलसाकुमारी दाहाल, सांसद, राष्ट्रियसभा
यस्तै सांसद दिलकुमारी थापाले वजेट कार्यान्वयन नहुने ठोकुवा गर्नुभयो ।

सांसद राजेन्द्र लक्ष्मी गैरेले बजेट तथा विनियोजित कार्यक्रमले ७७ वटै जिल्लालाई छुन सक्नु पर्ने सुझाव दिनुभयो ।

बैठकमा सांसदहरुले वजेटले संघिय प्रणालीका मुलभुत आधारहरुलाई संबोधन नगरेको प्राथमिकता र सिद्वान्तलाई छुन नसकेको, भौतिक निर्माण तर्फ आवश्यकताका आधारमा वजेट विनियोजन नभएको, साना व्यापारीहरुलाई वजेटले छुन नसकेको भन्दै जनतालाई अल्मल्याउन र वजेट बत्तव्यमा मिठास भर्नलाई मात्र केहि नारा हरु शिर्जना गरेको आरोप लगाए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);