राज्यको चरित्र जस्तै बजेट आउँछ: सांसद महत्तो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राज्यको चरित्र जस्तै बजेट आउँछ: सांसद महत्तो

rajendra mahatto

काठमाडौं, १८ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद राजेन्द्र महत्तोले राज्यको चरित्र जस्तो छ बजेट त्यस्तै आउँने बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै महत्तोले भने, – ‘बजेटको बारेमा आफूले राज्यको चरित्र जस्तो छ बजेट पनि त्यस्तै आउने हो त्यो बजेट आउँदा शासक वर्ग छोडेर आम नेपाली जनता बजेटमा कति उत्साहित छ त्यो मूख्य कुरा हुन्छ । तर आम जनता नै यसमा खुशी भएको नदेखिने बताउनु भयो ।’

सांसद राजेन्द्र महत्तोले बजेट पहिलो र दोस्रो जस्तै यो तेस्रो पनि उहि हो केहि फरक नभएको बताउनु भएको छ । नेपालको बजेट पनि नेपालको राज्यको शासन जस्तो हो यहाँ बजेट पनि त्यही अनुसार आउने गरेको बताउनु भयो ।

#राजेन्द्र_महत्तो

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);