आगामी आर्थिक वर्षको बजेट पारित, विपक्षमा रास्वापा र एमाले | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

आगामी आर्थिक वर्षको बजेट पारित, विपक्षमा रास्वापा र एमाले

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट (आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक) पारित भएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मतदान हुँदा बहुमतसहित आगामी आर्थिक वर्षको बजेट पारित भएको हो । आगामी आर्थिक वर्षको बजेट पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ मत परेको थियो भने विपक्षमा १०८ मत परेको थियो । प्रतिनिधिसभामा उपस्थिति २५५ जना सदस्यहरु रहेका थिए । प्रस्तावको पक्षमा बहुमत भएकाले सो प्रस्ताव पारित गरिएको सभामुख देवराज घिमिरेले घोषणा गर्नु भयो ।

सो प्रस्तावको विपक्षमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले मतदान गरेका थिए । यस अघि एमालेले मत विभाजन गरेर बजेट पारित गर्न माग गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);