एमाले र काँग्रेसको सरकार बन्ने विषय आधारहीन बहसः सांसद सापकोटा | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

एमाले र काँग्रेसको सरकार बन्ने विषय आधारहीन बहसः सांसद सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले एमाले र काँग्रेसको सरकार बन्ने विषय आधारहीन बहस भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद सापकोटाले यस्तो बताउनुभएको हो ।

उहाँले सरकार परिर्वतन हुने विश्लेषण गर्न मिले पनि अहिले तत्काल एमाले र काँग्रेसका बीचमा सत्ता साझेदारी गर्ने तहको धरातल विकास नभएको दाबी गर्नुभयो। उहाँले सत्ता समिकरण गर्ने संवाद भयो भन्ने पनि एमाले माओवादीको पनि सधैँ संवाद भइरहेको बताउनु भयो। उहाँले पहिलो चरणलाई यही गठबन्धन जानेर इमान्दारीरी पूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेपछि प्रधानमन्त्रीले हस्तान्तरण गर्नुहुने बताउनु भयो।

उहाँले सरकारले ल्याएको बजेट असन्तुलन भएको कुरा माओवादीले पनि बोलेको भन्दै बजेट पास नहुने भन्ने नभएको बताउनु भयो । उहाँले नेकपा (एकीकृत समाजवादी) पार्टी बजेट पास गर्न नदिने निर्णय नगरेको भन्दै १२ गते बजेट पास हुने दाबी गर्नुभयो।

 

Leave a Reply