बालेनले रोकेको शैक्षिक मेला शुक्रबारबाट पुनः सञ्चालन हुने | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

बालेनले रोकेको शैक्षिक मेला शुक्रबारबाट पुनः सञ्चालन हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले रोकेको ८ औं कान्तिपुर हिसान एडु फेयर असार ८ गतेबाट पुनः सञ्चालन हुने भएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा असार ८,९ र १९ गते मेला पुनः सञ्चालन हुने भएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति प्राप्त गरी जेठ ३२ गतेदेखि असार ३ गतेसम्म भृकुटीमण्डपमा आयोजित शैक्षिक मेला काठमाडौं महानगरका तर्फबाट गैरकानूनी ढंगले अवरोध सिर्जना गरी बाधा पु¥याएपछि कानूनी प्रक्रियामा गए उच्च अदालत पाटनका तर्फबाट मेला सञ्चालन गर्न अनसमपत दिएसँगै मेला सञ्चालन गर्न लागेको बताउन भयो । उहाँले मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिनसक्ने बताउनु भयो ।

गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौं महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);