काठमाडौं, ७ असार । आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो वर्षमा प्रवेश गरेको छ । पार्टीले आज आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टी स्थापना दिवसको अवसरमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कनटीतिक नियोगका प्रतिनिधि, संवैधानिक निकायका प्रमुखलगायतका शीर्ष नेताहरुलाई निमन्त्रणा गरिएको पार्टीले जनाएको छ ।