काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको ।
सडक दुर्घटनामा परेर सिंह सहित ३ जनाको मृत्यु भएको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सिंह, उनकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको हो ।
मन्त्रीसहित ४ जना सवार रहेको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जानेक्रममा केदारस्युँ गाउँपालिकाको धारछडा दुर्घटना भएको हो ।