काठमाडौं, ५ असार । नेपालको पश्चिम भागमा भुकम्प जाने क्रम जारी छ । दार्चुलाको खण्डेश्वरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
दार्चुलाको खण्डेश्वरी आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो ।