समाजवादी मोर्चा निर्माण प्रतिगामीहरुका लागि युद्धको घोषणा होः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

समाजवादी मोर्चा निर्माण प्रतिगामीहरुका लागि युद्धको घोषणा होः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका बिरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताउनुभएको छ ।

सोमवार समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मोर्चा घोषणा राजनीतिक परिवर्तनका बिरुद्ध लाग्नेहरुका लागि युद्धको घोषणा भएको बताउनुभएको हो । उहाँले परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरुले टाउको उठाउन खोजेका भन्दै समाजवादी मोर्चा तिनीहरु बिरुद्धको युद्ध भएको बताउनु भयो । मोर्चा जनताको पक्षमा, प्रगतिशिल र वामपन्थीहरुको पक्षमा भएको पनि उहाँदले बताउनु भयो । प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान बनाउन भुमिका खेल्ने सबैलाई हातेमालो गर्न आग्रह समेत गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्व भएको बताउनु भयो । उहाँले विप्लव समाजवादी मोर्चामा सामेल हुँदा संसदीय राजनीतिमा सामेल भएका आफुहरुमा लागेको धुलोमैलो सफा गर्न मद्दत पुग्ने बताउनु भयो ।

उहाँले नेता, कार्यकर्ताहरुको उत्साहले समाजवादी मोर्चाको औचित्य स्थापित भइसकेको बताउनु भयो । उहाँले समाजवादी मोर्चालाई अभियानको रुपमा लैजाने बताउनु भयो । उहाँले आफूहरु सडकमा समेत जाने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);