सरकारले गरेका राम्रा कामको प्रचार गर्ने जिम्मेवारी समाजवादी मोर्चाको होः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सरकारले गरेका राम्रा कामको प्रचार गर्ने जिम्मेवारी समाजवादी मोर्चाको होः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका राम्रो काम जनतामा स्थापित गराउने जिम्मेवारी समाजवादी मोर्चाको भएको बताउनुभएको छ ।

आफूले देशको पक्षमा धेरै काम गरेको दावी गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई जनताको बीचमा लैजाने र स्थापित गराउने काम समाजवादी मोर्चाले गर्नुपर्ने बताउनुभएको हो ।

समाजवादी मोर्चा, नेपालले शुक्रवार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेप्रति संकेत गर्दै प्रतिपक्षले सरकार र सत्तारुढ गठबन्धनले गरेका राम्रा कामबारे बोल्न नचाहेकाले समाजवादी मोर्चाले जनताको पक्षमा गरेका कामको प्रचार गर्नुपर्ने बताउनु भयो । समाजवादी मोर्चा गठन भएयता आफू धेरै खुशी भएको प्रधानमन्त्री दाहालले भनाई थियो ।

प्रधानमन्त्री दाहालले आफूले भारत भ्रमणको क्रममा ठूल्ठूला उपलब्धि हासिल गरेपनि प्रतिपक्ष एमालेले संसदमा त्यसबारे आफूलाई बोल्न समेत नदिएको गुनासो गर्नुभयो ।

प्रधानमन्त्री दाहालले प्रतिपक्ष एमालेले आफूले देशलाई बर्बाद पारेको भनेर नेगेटिभ कुरा मात्रै गर्ने गरेको पनि दोहो¥याउनु भयो । उहाँले केही दिन भित्रै नेपालको इतिहासकै सबैभन्दा ठूलो जलविद्युत परियोजना कर्णाली–चिसापानी जलविद्युत परियोजनाको अध्ययन कार्य सरकारले अघि बढाउने घोषणा समेत गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);