काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
मुटुमा समस्या देखिएपछि पौडेललाई आज काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो ।
गंगालालका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको चिकित्सकको टोलीले पौडेलको उपचारमा संलग्न छ।
एनजीओग्राम गरेपछि २४ घन्टा अब्जरभेसनमा राख्नुपर्ने भएकाले पौडेल भोलि डिस्चार्ज हुने अस्पतालले जनाएको छ।