नेपाल चिकित्सक संघद्वारा डा. केसीलाई निशर्त रिहाई गर्न माग | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

नेपाल चिकित्सक संघद्वारा डा. केसीलाई निशर्त रिहाई गर्न माग

काठमाडौं, २५ पुष । नेपाल चिकित्सक संघले अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीलाई निशर्त रिहाई गर्न माग गरेको छ ।

संघले आज एक विज्ञप्ति जारी गर्दै अस्पताल परिसरभित्रबाटै प्रहरीले केसीलाई हिरासतमा लिएको घटना प्रति दुःख व्यक्त गरेको छ । संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तीमा डा. केसीले सत्याग्रहको माध्यमबाट चिकित्साशिक्षा तथा स्वास्थ्य क्षेत्रमा सर्वसाधारणहरुको सहज पहुँच, गुणस्तरीयता र जनसरोकारका विषयमा उल्लेखनिय प्रगति हासिल गराउन सफल भएको उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);