इप्पानको नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

इप्पानको नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरिएको हो । कार्यक्रममा अध्यक्षमा गणेश कार्की, वरिष्ठ उपाध्यक्षमा मोहन कुमार डाँगी, उपाध्यक्षमा आशिष गर्ग, भरतबहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम ब्लोन लामाको उम्मेदवारी घोषणा भएको छ । त्यस्तै महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवहरुमा भरत खड्का ,विक्रम बिष्ट, कविता पोखरेल, भरत नेपाल छन् ।

कोषाध्यक्षमा नरेन्द्रवल्लभ पन्तको उम्मेदवारी घोषणा भएको छ । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार गणेश कार्कीले प्रधानमन्त्रीको भारतभ्रमणपछि देश उर्जामय बनेको बताउनु भयो । उहाँले आगामी दिनमा आफूहरुले संसदमा पेस भइसकेको विद्युत ऐनका बारेमा सुझावहरु दिनुपर्ने आवश्यक्ता देखिएको बताउनु भयो । उहाँले सरकारले काम नगर्ने र लगानी गरेका लगानी कर्तालाई मारमा पार्ने काम भइरहेको गुनासो गर्नुभयो । सरकारका कारणले काम नहुँदा कतिपय विद्युत योजनाहरु खारेज भइरहेको समस्या भोग्नुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । बत्ती बलेका प्रोजेक्टहरु ट्रान्समिसन लाइन नभएका कारण जोड्न नपाएको गुनासो गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले इप्पानलाई व्यवस्थित गर्न नसके आउने दिनमा नेपालले ठूलो चुनौति भोग्नुपर्ने बताउनु भयो । उहाँले देशको व्यापार घाटा कम गर्न जलविद्युत क्षेत्रलाई व्यवस्थित र बिस्तार गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष मल्लले रुग्ण जलविद्युत परियोजनालाई पनि समेट्ने गरी इप्पानले काम गर्नुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);