तिलोत्तमामा जिप दुर्घटना : चालकको मृत्यु, ५ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

तिलोत्तमामा जिप दुर्घटना : चालकको मृत्यु, ५ जना घाइते

काठमाडौं, २८ जेठ । रुपन्देहीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तिलोत्तमामा जीप दुर्घटना हुदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक विकास श्रेष्ठको मृत्यु भएको छ ।

उनी छत्रदेव गाउँपालिका ६ का वासिन्दा हुन् ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कार्पियो जिप सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने तिलोत्तमा ३ मा दुर्घटनामा परेको थियो ।

जिप अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);